नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २५–खोटेहाङ गाउँपालिकाको वाप्लुखामा मङ्सिर २५ गते सम्पन्न अन्तर वडास्तरीय भलिबलको उपाधि हतुवागढी–९ हसनपुरले हात पारेको छ । उसले साकेला गाउँपालिका–५ मात्तिमलाई हराउँदै नगद ६६ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो ।
दोश्रो हुने मात्तिमले ३३ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । सान्त्वना हुने वाप्लुखा र रावाबेसी गाउँपालिका–१ कुभिण्डेले नगद १५/१५ हजार नगद, मेडल र प्रमाणपत्र पाएको वाप्लुखाका पूर्व वडाअध्यक्ष तथा नेकपा माओवादी केन्द्र खोटेहाङका अध्यक्ष दिपेन थुलुङले बताए । गत मङ्सिर २३ गते सुरु खेलमा भोजपुर, उदयपुर र खोटाङका २० टिम सहभागी थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रामकुमार राईले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, जेठ ५–जिल्लास्थित पत्रकार�... ... ...
सविना अछामे–खोटाङ, जेठ ५–नेपाली कांग्रेसका यु�... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ ४–खोटाङ प्र... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ ४–नेपाल प्र... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–हलेसीमा आ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित