बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवा पक्राउ

  • प्रकाशित मितिः असोज 22, 2080
  • 790 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २२–बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवा पक्राउ परेका छन् । स्थानीय ८ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका २१ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।
गत असोज २० गते गोठालो गएको बेला जबरजस्ती करणी गर्न खोज्ने श्रेष्ठलाई असोज २१ गते पक्राउ गरी असोज २२ गते चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित