चित्रकुमार सुवेदी-
विहानै
जाडोले काम्दै
समाचार लाए“ रेडियोमा
गुडुल्की परेर ओछ्यानबाट
प्रमुख समाचार
सार्वजनिक धारोमा
पानी थाप्न खोजेको आरोपमा
जेठी दमिनीको टाउ“को फुटाई दिए
धरै रगत बगेर
जेठी दमिनी मरिन्
विश्लेषकले विश्लेषण ग¥यो ठिक्क प¥यो
दमिनी किन बाहुनी खोज्नु त ?
पुसको जाडो आत्तिएर कहा“ भाग्यो कुन्नी
सिरक फालेर भित्तामा पुगेछ आ“खा
देखे मुस्कुराइरहेको दीलकाजी दाइको फोटो
जोसिलो ठूलकुमार दाइको फोटो
जनयुद्ध सुरु हुने बेला
दिक्तेल बजारको हाटडाडा“मा
खुब मिलाएर खिच्नु भएको रहेछ बाबु तामाङले
बडो जतनले भित्तामा टास्नु भएको रहेछ मेरो दाइले
एकोहोरिएर हेरिरहे“ फोटो
आइरह्यो उहा“हरुको बिचार मानसपटलमा
टुवा र ताखोला बगिरह्यो आ“खाभरि
बालुवाटारले स्पष्टीकरण दियो
बालुवाकै मन बनाएर
आकाशबाट दैवीशक्तिले हानेको बज्रले
जेठी दमिनी मरी
सय वर्ष पुग्न आटेकी
राणादेखि गणतन्त्र सर्बै खेपेकी हजुरआमाले
म आत्तिएको देखेर उठेर टाउकोमा हात राख्दै
बडो नरम स्वरमा भन्नु भयो
नआत्ती न बाबु
यस्तो चाल हो भने
म संगै–
यो गणतन्त्रको पनि आयू पुग्यो
हजुर आमाको भनाइले
मेरो मानसपटलमा
एउटा गम्भिर प्रश्न अडा भएको छ
शहीदहरुको फोटो हेरेर सोध्दै छु म
के अझै बलिदानी आवश्यक छ ?
साचो गणतन्त्रका लागि ?
(कवि प्रगतिशील लेखक संघ खोटाङका अध्यक्ष हुन्)
प्रकाशित मिति २०७५ माघ १३
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित