सविना अछामे-
खोटाङ, माघ ११–हलेसी साइनो स्टार दोश्रो अडिसनमा ७२ प्रतियोगी छनौट भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा बिहीबार भएको उक्त अडिसनमा एक सय १६ जना प्रतियोगीबाट ७२ जना छनौट भएका हुन् ।
जिल्लाका दशै पालिकाबाट नवप्रतिभाहरुलाई छनौट गरिएको थियो । छनौट ११ वटा स्थानमा नवप्रतिभाहरुको छनँैट गरिएको थियो । प्रतियोगिताको फाइनल दिक्तेलमा सुक्रबार र शनिबार हुने आयोजकले जनाएको छ ।
प्रथम हुनेलाई ५५ हजार पा“च सय ५५ नगदका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययनको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसका साथमा ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिने छ । त्यस्तै दोश्रो हुने प्रतिभालाई ३३ हजार तीन सय ३३ नगद सहित एक वर्ष संगीत कक्षा तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा तेश्रो हुने प्रतिभालाई १५ हजार पा“च सय ५५ नगद, एक वर्ष संगीत कक्षाको अवसरका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित