सविना अछामे–
खोटाङ, भदौ ७– खोटाङमा गोलभेडाको मुल्य प्रतिकेजी एक सय ५० रुपैयाँ पुगेको छ । केही समयअघिसम्म दिक्तेलमा प्रतिकेजी २० रुपैयाँमा किनबेच भएको गोलभेडा अहिले एक सय ५० रुपैयाँ पुगेको हो ।
लगातारको झरीले ढुसीजन्य रोगले गोलभेडाका उत्पादनमा कमी आउनुका साथै झरीकै कारण तराईबाट पनि गोलभेडा नआएकाले मुल्य बढेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषक गंगाबहादुर विश्वकर्माले बताए ।
गाउँमा किसानले उत्पादन गरेको गोलभेडाको मुल्य एक सय २० रुपैयाँसम्ममा पाइने भए पनि बजारसम्म आइपुग्दा बिचौलियाका कारण थप मुल्य बढेको किसानको भनाई छ । ‘हामी एक सय २० रुपैयाँसम्ममा दिन्छौं ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–८ का रमेश चौहानले भने–‘दिक्तेलसम्म पुग्दा एक सय ५० रुपैयाँसम्म पुगेको रैछ ।’
यसरी नै झरी बढ्दै गए दसैंसम्ममा गोलभेडाको भाउ किनिनसक्नु हुने विश्वकर्माको भनाई छ । ‘झरी रोकिएन भने गोलभेडाको मुल्य किनिनसक्नु हुन्छ ।’ विश्वकर्माले भने–‘यो वर्षको दसैं महङ्गो हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–पूर्वाध�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–लाउडा वि�... ... ...
सविना अछामे–खोटाङ, जेठ १२–दिप्रुङ चुइचुम्मा ग�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित