दुव्र्यसनी न्युनीकरणका लागि नाटक

  • प्रकाशित मितिः वैशाख 14, 2080
  • 1165 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ, बैशाख १४–दुव्र्यसनी न्युनीकरण गर्ने उद्देश्यले दिक्तेलको हेलिप्याडमा बैशाख १४ गते ‘कचहरी’ नाटक प्रदर्शन गरिएको छ । खोटाङ रङ्गमञ्चले आयोजना र हामी स्वयम सेवीको सहकार्यमा भएको नाटकको निर्देशन अनिल सुब्बाले गरेका हुन् । उक्त नाटकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रायोजन गरेको हो । उक्त नाटक नगरपालिकाका विभिन्न ११ ठाउ“मा प्रदर्शन गरेको आयोजकले जनाएको छ ।

343312760_245029158192307_7769519851382524717_n 1

आयोजक संस्थाका अध्यक्ष संजीव राईका अनुसार दिक्तेलको माउण्ट एभरेष्ट, सरस्वती मावि, सेम्पल एकेडमी, शभम् फाउण्डेसन, जालपा मावि नुनथला, पन्चेदोबाटो बजार, बास्बोटे लफ्याङ, सितला मावि खाल्ले, जालपा मावि जालपा, केपिलासगढी गाउपालिका लगायतमा प्रदर्शन गरिएको छ । दश दिनको नाट्याशालाबाट उक्त नाटक तयार पारिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित