साकेलामा माटो परीक्षण

  • प्रकाशित मितिः बैशाख १३, २०८०
  • 258 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–साकेला गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ । माटोको उर्बरशक्ति, किसिम लगायतका गतिविधि बुझ्न परीक्षण सुरु गरिएको हो ।
माटोको परीक्षणपश्चात् कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हुन्छ भनेर किसानलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधिसमेत सिकाइने गाउ“पालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । अहिले माटोमा आउने विभिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि माटो परीक्षणको व्यवस्था गरिएको अध्यक्ष राईको भनाई छ ।
माटो परीक्षणपछि कुन ठाउ“मा कस्तो अन्नवालीहरु उत्पादन गर्न सकिन्छ भन्ने विस्तृत अध्ययन गरी पालिकाले यही आधारमा नीति बनाएर अनुदानको व्यवस्थापन गर्ने अध्यक्ष राई बताए । माटो परीक्षणको नतिजाले साकेलाको आवधिक विकास योजनालाई सार्थकता तुल्याउनका साथै कृषिसम्बन्धी योजना तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने राईले बताए ।
माटो परीक्षणलाई नमुना संकलन तथा तयारी, नमुना विश्लेषण र सिफारिस प्रतिवेदन तयार तथा कार्यान्वयन गरी तीन चरणमा विभाजन गरेर गर्ने गरिन्छ । माटो परीक्षण सिफारिस प्रतिवेदनमा माटोको पि.एच., माटोमा भएको कूल नाइट्रोजन, उपलव्ध फस्फोरस, उपलव्ध पोटास, प्रांगारिक पदार्थको मात्रा र माटोको बनौटको नतिजाको आधारमा कुन–कुन बालीलाई के कति मलखाद प्रयोग गर्ने, अम्लिय माटोको सुधार गर्न के कति कृषि चुन प्रयोग गर्ने र माटोको उर्बराशक्ति व्यवस्थापनको लागि के गर्ने भन्ने विषयहरु उल्लेख गरिएको प्रतिवेदन उपलब्ध गराइने गाउ“पालिकास्थित कृषि विकास अधिकृत अनन्त ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित