'जिल्लाको विकासलाई प्राथमिकतामा राखेर काम गर्छु' : रामकुमार राई

  • प्रकाशित मितिः फाल्गुन ४, २०७९
  • 492 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ४–नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जिल्लाको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । फागुन ४ गते प्रेस सेन्टर नेपाल, खोटाङले दिक्तेलको श्रेष्ठ होटलमा आयोजना गरेको पत्रकार भेटघाटमा यो कार्यकालमा जिल्लाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।
राष्ट्रिय गौरव तथा अन्य ठूला योजनाहरु पूरा गराउँन पहल गर्ने उनले बताए । दूधकोसी जलविद्युत आयोजना, मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग, सिम्पानी पान्धारे सडक, खोटेहाङ र जन्तेढुङ्गाको बीचमा पर्ने सावाखोला पुल, बङ्सिलाघाट पुल, हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चिङबुङ गाउँपालिका जोड्ने पुल, च्यास्मिटार–डिकुवा–उदयपुर सडक, मन्दुम ट्रेल लगायतका अन्य ठूला तथा साना योजनाहरु पूरा गराउँन पहल कदमी लिन बताए । आफू प्रदेश १ खानेपानी, सिचाइँ तथा उर्जा मन्त्री हुदा खोटाङमा ९४ वटा योजना पारेको र उक्त योजनाहरुमध्ये अपूरो रहेकालाई समेत पूरा गराउँन पहल गर्ने जनाए । प्राविधिक अभावमा प्रदेशका योजनाहरुको अनुगमन राम्रोसंग गर्न नसकिएको र त्यसले भनेजस्तो उपलब्धि हासिल हुन नसकेको राईको भनाई छ । प्रदेश १ को आर्थिक समृद्धिको मुख्य आधारको रुपमा मुन्दुम ट्रेललाई विकास गर्न सकिने र यसका लागि होमस्टे, गोठस्टे लगायतका अन्य पर्यटकीय आयामहरुलाई समेट्ने योजना बनाइने बताए ।
मुलुकको वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रिय सहमतीको आधारमा राष्ट्रपति चयन हुने बताए । ‘गणतन्त्र, संघीयता, समावसी, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु नचाहने देशी–विदेशी शक्तिहरुले मुलुकमा अस्थिरता निम्त्याउँन खोजिरहेकाले यसलाई परास्त गर्न पनि राष्ट्रिय सहमतीको राष्ट्रपति आवश्यक छ ।’ राईले भने–‘पछिल्लो समय विभिन्न तरिकाले गणतन्त्र, संघीयता, समावसी, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरुमाथि धावा बोल्न थालिएको छ, यसको रक्षाका लागि पनि राष्ट्रिय सहमतीको राष्ट्रपति आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित