खोटेहाङमा कफी उत्पादक कृषक समूह गठन

  • प्रकाशित मितिः मंसिर 19, 2079
  • 1121 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटेहाङ, मङ्सिर १९–खोटेहाङ गाउँपालिकामा कफी उत्पादक कृषक समूह गठन गरिएको छ । कफी उत्पादन गरी बजारसम्म पु¥याउने उद्देश्यले मङ्सिर १८ गते समूह गठन गरिएको हो ।
समूहको अध्यक्षमा खोटेहाङ गाउँपालिका–६ का इन्द्रकुमार राई, उपाध्यक्षमा खोटेहाङ गाउँपालिका–७ की गीता थापा, सचिवमा खोटेहाङ गाउँपालिका–४ का दिनेश राई, कोषाध्यक्षमा खोटेहाङ गाउँपालिका–३ की गंगा रिजाल सापकोटा, सदस्यहरुमा खोटेहाङ गाउँपालिका–२ का इन्द्र राई, खोटेहाङ गाउँपालिका–८ का हरि राई, खोटेहाङ गाउँपालिका–९ की ममता राई, खोटेहाङ गाउँपालिका–५ का प्रेमचन्द्र राई छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित