नमस्ते खोटाङ संवाददाता-
खोटाङ, मङ्सिर १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ स्थित कालिका मावि नेर्पामा शिव–मधु स्मृति छात्रबृत्ति अक्षयकोष खडा गरिएको छ । डा. धनप्रसाद सुवेदी लगायतका नातिहरुले ५० हजार धनराशीको अक्षयकोष खडा गरेका हुन् । बजू शिवकुमारी सुवेदी र बाजे मधुलाल सुवेदीको नाममा अक्षयकोष खडा गरिएको हो । उक्त रकमको व्याजबाट कक्षा ८ उतीर्ण एक जना छात्र र एक जना छात्रालाई छात्रबृत्ति दिइने विद्यालयका प्रअ वेदीकुमार राईले बताए । उक्त रकम दिक्तेलस्थित सालपा विकास बैंकमा खाता सञ्चालन गरिएको प्रअ राईले बताए । यसअघि नेर्पाकै बखतबहादुर खड्काले श्रीमती लीलामाया“ खड्काको नाममा ५० हजार र नेर्पाकै किशुकुमारी गुरुङ (भुराजआमा)ले धर्मपुत्र सलमान खत्रीको नाममा ३० हजारको अक्षयकोष खडा गरेका छन् । यो रकमबाट गरिव, जेहेन्दार तथा टुहुरा–टुहुरी बालबालिकालाई छात्रबृत्ति दिइदै आएको प्रअ राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित